काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् ।