काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा नसमेटिएका कतिपय विषय र बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।
काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन् ।