काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
डोटी । भारतबाट फर्केका नेपाली चढेको बस डोटीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उनीहरु लाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् ।
क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई मंगलबार राष्ट्रपति पदका प्रत्यासी जो बाइडेनले उपराष्ट्रपतिका रुपमा उभ्याएका छन् । आफुले चुनाव जितेमा ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा उनले गरेका हुन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताएका छन् । कुनैबेला पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको उनले बताए ।
काठमाडौं । नेपालले पहिलो पटक आगामी आइतबार भर्चुअल वाणिज्य वार्ता गर्दैछ । नेपाल र बंगलबदेशबीच हुने जुम वाणिज्य वार्ताको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।