काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् ।
विश्व व्यापार संगठन ( डब्लुटिओ)ले चिनियाँ सामानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लंघन गरेको जनाएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले सार्क राष्ट्रको आर्थिक जनजिवन माथि उकास्न सबै देशहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठकमा बोल्दै उनले उक्त कुराको जानकारी दिएका हुन् ।
रूसले भारतीय कम्पनीलाई कोरोनाविरूद्धको १० करोड डोज भ्याक्सिन दिने भएको छ । रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो ।
काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट संचालनमा आएका छन् । गत चैत ११ गतेदेखि बन्द रहेको सेवालाई कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो ।
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनː चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।