तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । नेपालको तराई क्षेत्रमा घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ ।
स्वास्थ्य नै ठूलो धन हो । शरीर स्वस्थ र तन्दुरुस्त राख्न धेरै विषयमा ध्यान पु¥याउनुपर्छ । खासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ ।
भान्छा सफासुग्घर राख्नु अति आवश्यक हुन्छ । फोहोर भान्छामा झिँगा, भुसुना, साङ्लालगायत फैलन्छन् । त्यसबाट विभिन्न रोगको सङ्क्रमणसमेत हुन सक्छ । स्वस्थ खाना तयार गर्न भान्छाको सफाइ पनि
घरमा बगैंचा बनाउने स्थान अभाव भएको अवस्थामा गमलामा फूल तथा बिरुवा लगाएर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । साना तथा ठूला गमलाले धेरै ठाउँ नओगटेर पनि घरलाई बगैंचाको जस्तो स्वरूप दिन्छ ।
चाडपर्व नजिकिँदो छ । यस्तो बेला विक्रेताले एकै स्थानमा सयौं दैनिक उपभोग्य सामान सजाएर राखेका हुन्छन् । त्यसरी सजाएर राखिएका सबै सामान गुणस्तरीय, पौष्टिक र स्वस्थ नहुन सक्छन् ।
अन्य धातुको तुलनामा तामाको मुर्ती सफा गर्न कठिन हुन्छ । यस्ता मूर्तिमा चमक ल्याउन विभिन्न विषयमा ध्यान दिनुपर्छ । नियमित वा चाडपर्वका बेला पूजा गर्न तामाका मूर्तिको प्रयोग गरिन्छ ।