काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ विष्णु क्षत्रीले १२ घण्टा काममा खटिएरै पनि आफ्नो सांगीतिक यात्रालाई सँगसँगै अगाडि बढाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल यूरोपको नर्बेमा बस्दै आएका उनले छिट्टै नै आफ्नो तेस्रो म्युजिक भिडियोको रूपमा ‘जमाना जाली छ’ बजारमा ल्याउन लागेका हुन् ।