१८ वर्षीया गायिका बिली आइलिसले सन् २०२० को ग्रामी अवार्डमा नयाँ इतिहास रच्न सफल भएकी छिन् । अमेरिकी गायिकाले आइतबार ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्न सफल भएकी हुन् । उनले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारिन् ।