काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो ।
काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडको २०७८साउन १ मा सम्पन्न सञ्चालक समितिको ९२औँ बैठकको निर्णयबमोजिम सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो ।
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबारदेखि लागु हुने गरी आगामी ४ बर्षका लागि उनले बैंकको सिईओको रुपमा पदभार ग्रहण गरेका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो।