काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेका हुन् ।
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताए ।
काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले जनवरी १ तारिकदेखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल टि एसोसिएसनको अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् । शुक्रबार भएको एसोसिएसनको तेस्रो साधारण सभाबाट मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो ।