कामना सेवाका मोबाइल बैंकिङ अब नेपाल पे क्युआर |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको जानकारी दिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई आफ्नो मोबाइल बैंकिङ को क्युआर स्क्यानर बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी अपडेट गरिएको जनाएको छ ।

