रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न |
मकवानपुर। रिद्धि सिद्धि सिमेन्टको आयोजनामा बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो।

