टाटाका इभी किन्नका लागि कामना सेवा विकास बैंकले सुलभ ब्याजदरमा कर्जा दिने |
काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग २०७९ साल माघ २९ गते आईतबारको दिन सम्झौता गरेको छ।