तिहारसँग सम्बन्धित यस्ता छन् पौराणिक कथा |
पौराणिक बली राजाको कथा वामन अवतारसँग सम्बन्धित छ । बली राजा भक्त प्रह्लादका नाती हुन् । बली राजा धेरै दानी भएका कारण उनमा दानको घमण्ड बढ्न थालेको थियो । त्यो घमण्ड तोड्नकै लागि विष्णुले वामन अवतार लिए । त्यसपछि उनी बली राजासँग दान माग्न गए ।