नेपालका डेभलपरहरू सक्षम भइसके, ठूला आयोजना अघि बढाउन अनुमति दिए हुन्छ |
नरेन्द्रवल्लभ पन्त युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् । उनी २६ वर्षको उमेरदेखि हाइड्रोपावर क्षेत्रमा लागेका युवा डेभलपर हुन् । हाइड्रोपावर क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव सँगालेका उनलाई एक सफल युवा डेभलपर भनेर पनि चिनिन्छ । ८ मेगावाटको टक्सार पिखुवाखोला हाइड्रोपावर र १५ मेगावाटको अप