नेपाल बैंकको थप सार्वजनिक निष्काशन –एफपिओ) आज आइतबार बाँडफाँड हुने भएको छ । एफपिओ बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले दिउँसो एक बजे बाँडफाँड गरिने जानकारी दिएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
काठमाडौं । सरकारले दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । संघीय संरचना कार्यान्वयनका लागि सरकारले सहायता रकम वृद्धि गर्न आग्रह गर्ने उद्देश्यले दातृ निकायको सम्मेलन आयोजना गर्न लागेको अर्थसचिव राजन खनालले बताएका हुन् ।
आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रालयअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई यही साउन १ गतेबाट हटाउन थालेपछि चरणवद्ध आन्दोलन गर्दै आएका कर्मचारीहरूले आफ्नो समस्या सम्बोधनका लागि पाँच दिनभित्र कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।
प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन।