काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबार (कात्तिक १२ गते) विशेष साधारण सभा गर्ने भएको छ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे शुरु हुनेछ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । प्राधिकरणले सरकारले अगाडि सारेको विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने कार्ययोजनालाई लागू गर्न उक्त प्रक्रिया अगाडि बढाउन लागेको हो ।
काठमाडौं । ओपोद्वारा दोस्रो संस्करणका लागि प्रायोजित नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलको अहिले गाला राउण्ड चलिरहेको छ ।
काठमाडौं । अबदेखि चेक बाउन्स हुने समस्याको अन्त्य हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गरेसँगै त्यस्तो समस्याको अन्त्य हुने भएको हो ।
काठमाडौं । सानिमा बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने भएको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डले हिजो शुक्रबार १ हजार रुपैयाँमा २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी सेवालगायत सबैको विवरण खुल्ने राष्ट्रिय परिचयपत्र आगामी असारभित्रै कार्यान्वयमा ल्याइसक्ने बताएका छन् ।