काठमाडौं । एशिया प्यासफिक समिटका लागि गरिएको सवारी व्यवस्थापनले गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित हुने भएको छ ।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १० गतेबाट शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही मंसिर १० गते सर्लाहीको बबरगञ्ज र १२ गते धनुषाको गोदारमा आँखा शिविरको आयोजना गर्यो ।
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले गृह मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरणमा नियमन गर्नका लागि भन्दै ल्याउन लागेको कार्यकारी आदेशप्रति विरोध जनाएको छ ।