काठमाडौं । काठमाडौंका विभिन्न नाका भएर पछिल्लो तीन दिनमा १७ हजार बढी खसी, बोका भित्रिएको छ । पशु सेवा विभागका अनुसार निजी स्तरबाट खसी बोका, भेडा, च्यांग्रा तथा राँगा भैंसी केही दिनदेखि उपत्यकामा भित्रिइरहेका छन् ।
काठमाडौं । गुरु नानकको ५५० औं जन्मदिनको शुभ अवसर पारेर नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेका छन् ।
काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।
काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको छ ।
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको दोस्रो चरणको काम शुरु भएको छ । दोस्रो चरणअन्तर्गत भेरी नदिमा बाँध निर्माण तथा बबईमा पावर हाउस निर्माणको काम शुरु भएको हो । पहिलो चरणको सुरुङ खन्ने काम तोकिएको सयमभन्दा एक वर्षअघि नै सकिएसँगै दोस्रो चरणको काम शुरु भएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ ।