काठमाडौं । चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाका धनाढ्यमध्येका एक ज्याक माले दक्षिण तथा दक्षिण पूर्वी एशियाका १० देशमा सहयोग गर्ने भएका छन् ।
काठमाडौं । सरकारले होम क्वारेन्टाइनको कार्यान्वयनमा कडाई गर्ने भएको छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्नेहरु समेत नबसेको पाइएपछि सरकारले कडाई गर्न लागेको हो ।
दाङ । बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो ।
काठमाडौं । चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ ।
काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ ।
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ ।
काठमाडौं । कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्ने बताएका हुन् ।