संसारभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ । कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ ।
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले कोरोना माहामारीका कारण अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाइ १७ सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर उक्त सुझाव दिएका हुन् ।
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।
काठमाडौं । लक डाउन बढेसंगै सेयर बजार १५ गतेसम्म बन्द हुने भएको छ । बुधबार बस्ने नेप्सेको संचालक समितिले निर्णय गर्ने नेप्सेका प्रमुख कर्यकारी अधिकृत चन्द्र सिह साउदले बताए ।
काठमाडौं । नेपालसहित २५ विकासशील मुलुकलाई अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सहुलियत घोषणा गरेको छ । नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता उपलब्ध गराइने भएको छ ।