पाकिस्तानको कराँचीमा शुक्रबार भएको यात्रुवाहक विमान दुर्घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ जसमा उक्त विमान विमानस्थलमा ल्यान्डिङ गर्नुअघि एक आवासीय क्षेत्रमा खसेको देख्न सकिन्छ ।
शुक्रबार (मे २२ मा) चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो ।
काठमाडौं । अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार अहिले अफ्रिकाका सबैजसो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् ।
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको छ ।
काठमाडौं । नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिकरप्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।