काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ९ लाख १७ हजार रुपैयाँले बढी हो ।
चिनियाँ कम्पनी जेटईले ल्याउन लागेको नयाँ स्मार्टफोनमा नयाँ प्रयोग हुने बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय रिभ्यु तथा ब्लग साइटहरुमा उल्लेख भएअनुसार जेटईको अक्सन २० फाइभजी फोन अहिलेसम्म अरु फोनमा नभएको फिचर्ससहित आउने दाबी गरिएको छ ।
काठमाडौं । शैक्षिक गतिविधि ठप्प प्राय: रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेका लागि सयुक्त राज्य अमेरिकाले दिएको अस्थायी लाइसेन्सको म्याद सकिएको छ । यस्तो लाइसेन्स नविकरण नभएसँगै अमेरिकी प्रविधिको प्रयोगमा हुवावेलाई रोक लागेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशन बीच एसोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । पठनपाठनमा उपयुक्त हुने गरी ह्याप्पी लर्निङ प्याक ल्याइएको यो प्याक बुवाको मुख हेर्नेदिन (कुसे औंसी) को दिन सार्वजनिक हुने छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि स्थापित ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ ।