काठमाडौं । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । लगानीकर्ताको सहजताका लागि एप्स प्रयोगमा ल्याउन लागिएको सीडिएससीले जनाएको छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले पूनः उद्धार उडान शुरु गरेको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने एयरलाइन्सले जनाएको छ ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ ।