काठमाडौं । सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड इडिकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो ।
काठमाडौं । सहकारी संस्थाबाट उत्पादित पहिलो ‘चामल’ बजारमा आएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था र भक्तपुरको टेवा कृषि सहकारी संस्थाको सहकार्यमा चामल बजारमा आएको हो ।
मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएस)ले जनाएको छ ।
टिकटकले अब तीन मिनेट लामो भिडिओ बनाउने तयारी गरेको छ । छोटो र रमाइलो भिडिओका लागि चर्चित टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको टेक अखबार इनग्याजेटले लेखेको छ ।