काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधि सभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट लिएर सर्वोच्च पुगेका थिए । उक्त रिट दर्ता भएको शशि श्रेष्ठले जानकारी दिइन् ।