काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको बताएका छन् । सरकारले बाचा गरेर पूरा नगरेका मागहरूबारे ध्यानाकर्षण गर्न गएका लगानीकर्तासँग अर्थमन्त्री पौडेलले पूँजी बजारसँग सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका छन् ।