काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार ः सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।
काठमाडौं । फाइनान्शियल नोटिसेस् एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । कम्पनीले सरस्वती पूजाको अवसर पारेर वित्तीय साक्षरतामूलक उक्त एप्स एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो । अबको केही दिनमा आइओएस प्रयोगकर्तालाई समेत यो फिचर उपल्ध हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।
काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका (टप अफ) विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई सहभागी गराईएर बिहीबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।
कोहलपुर । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र टीएल ट्रेड सप्लायर्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैङ्क लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ ।
काठमाडौं । एसबी सोलुसन प्राइभेट लिमिटेड र डीजी हब प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डीजी हब बीच सम्झौता भएको हो ।
बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्सले प्रदेश नं २ स्थित बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ ।