काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँड गरिने भएको हो ।
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएक छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्तिः गर्ने निर्णय गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ ।
काठमाडौं । ललितपुरको कुपनडोलमा रहेको विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार ल्याबलाई ‘ए’ ग्रेडको प्रयोगशालाको अनुमति दिएको हो ।
काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेका थिए ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
चितवन । नेपालकै सबैभन्दा ठूलो र नं.१ इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल सी.जी.ले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरि हालै नारायणघाट स्थित द नारायण रिसोर्टमा एक ठूलो कार्यक्रम गरि रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ ।
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।