काठमाडौं । नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अंकले घटेको देखिएको बजार अन्नत दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्सेमा कारोबार हुने १२ समूहहरु मध्ये २ वटा समूह हाइड्रोपावर र अन्यको सबइन्डेक्स घटेको छ भने बाँकी सबै १० वटै समूहको सबइन्डेक्स बढेको छ ।
काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।
काठमाडौं । ज्योति विकास बैंकले “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ ।