काठमाडौं । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आउनु भएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बिमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
काठमाडौं । इसेवा र इन्फोडेभलपर्सबीच सम्झौता भएको छ । सोमबार नेपालको भुक्तानी सेवाप्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको हो ।
काठमाडौं । सनराइज बैङ्कले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा ई–कार्ड संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैङ्कले सनराइज ई–कार्ड संचालनमा ल्याएको हो ।
काठमाडौं । सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै ५ करोड रुपैयाँ भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।