काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ५६.६५ प्रतिशतले बढाएको हो ।
काठमाडौं । शुक्रवारदेखि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गदैंछ । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
काठमाडौँ । बहुप्रतीक्षित माथिल्लो तामाकोसी (४५६ मेगावाट) को निर्माण कार्य सकिएको छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा निर्माणाधीन यस आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने भएको छ ।
काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो ।
काठमाडौं । टीसीएलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु वातावरणमैत्री भएको कम्पनीको दावी छ ।
काठमाडौं । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे वीच सम्झौता सम्पन्न भयो ।