काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र KSBBL Debenture, 2087 ले अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आईडेन्टीफीकेशन नम्बर (आईएसआईएन) प्राप्त गरेको छ ।
पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।
काठमाडौं । बिहीबार बिहानदेखि लागू गरिएको निषेधाज्ञाका कारण झण्डै डेढ लाख सार्वजनिक सवारी साधन प्रभावित भएका छन् । उपत्यकासहित मुलुकका मुख्य मुख्य सहरमा निषेधाज्ञा लागू भएसँगै यात्रुवाहक सार्वजनिक यातायातका साधनहरु प्रभावित हुन पुगेका हुन् ।
काठमाडौ । लोकप्रिय नेपाली इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्नसहित तरकारी, फलफूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ ।