काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् ।
काठमाडौं । एनआईसी एशिया बैंकले म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने सुविधा ल्याएको छ ।
काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि विभिन्न सुविधाहरु ल्याएको छ ।
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले कोरोना विरुद्ध लड्न दार्चुला जिल्ला मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान गरि कूल ३५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।
काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।