काठमाडौं । बुधबार नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७९ अंकले बढेको नेप्से सूचक बुधबार पुन: ५१ अंकले घटेको हो।
सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ ।
काठमाडौं । हुन्डाईको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” असार ३१ गते सम्मलाई विस्तार गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाको दमकमा बन्ने भनिएको मुलुकै ठूलो औद्योगिक पार्क ‘चाइना नेपाल फ्रेन्डसिप इन्ड्रष्ट्रीयल पार्क’ को विस्तृत परियोजना प्रतिवेदन (एफडिआई) ले स्वीकृति पाएको छ ।
काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । टेलिकमले सोको जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे (२ घण्टा मैं) सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ ।
काठमाडौं । करीब ३०० सदस्यहरुको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपाल (www.toastmastersnepal.org) ले असार ५,२०७८ एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको छ ।