काठमाडौं । खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यास ब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ । यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यास ब्याक रहेको खल्तीले दावी गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिष्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।
चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनː लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् ।
काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।