काठमाडौं । ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन बढेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। अर्थात, यस दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको छ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कार्तिक ५ र ६ गते भएको उक्त सम्मेलन प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । भोलि सोमबारदेखि लागू हुने गरी संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मंगलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८२ पुगेको छ ।