काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेका हुन् ।
काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन् । काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् ।
काठमाडौं र ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व प्रालिले विभिन्न विधा अन्तरगत निजी क्षेत्रका उत्कृष्ट १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङको घोराहीस्थित सभाहलमा भएको १३ औं जिल्ला अधिवेशनले हुकुम बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
काठमाडौं । यातायात मन्त्रालयले उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको भाडादर समायोजन गरेको छ। मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर समायोजन गरेको हो।
काठमाडौं । नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।