काठमाडौं । सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म ‘मेड इन नेपाल अभियान’ चलाउने भएको छ । ग्रुपले नेपाली ब्राण्ड र उत्पादनमात्रै बिक्री वितरण गर्न स्टोरहरूमा कम्तिमा २० स्टल तयार गरेको छ । फरक क्याटागोरीका २० कम्पनीले स्टलमार्फत आफ्ना उत्पादन बेच्नेछन् ।
काठमाडौं । नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ उत्पादन ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशनमा छुट प्रदान गर्ने भएको छ ।
काठमाडौं । सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कायर्यक्रम सञ्चालन गरेको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।
काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो ।
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलले २ गतेदेखि पद सम्हाल्ने गरी श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ३८ अंकले पुगेको छ ।