काठमाडौं । विकास र समृद्धिका लागि युवाको आवश्यकता महत्वपूर्ण मानिन्छ । यो मान्यता राजनीतिदेखि लिएर व्यावसायिक क्षेत्रमा पनि स्थापित छ । बैंकका सन्दर्भमा एनआईसी एशिया बैंकले पनि युवा कर्मचारीहरुकै ऊर्जाबाट आफूलाई उन्नतस्तरमा ल्याउन सफल भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले कारबाही गरेको छ । ऐन विपरित कम्पनीले सहायक महाप्रबन्धकको नियुक्ति गरेको भन्दै समितिले १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
काठमाडौं । प्रहरीले अनलाइनमार्फत जुवा खेलेको आरोपमा ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।