काठमाडौं । एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई जेठ ११ गते बुधबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एशोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।
काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा बुझाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भर्एका छन्। मंगलबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै ३० दिन भित्र उक्त रकम जम्म गर्न भनेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३ सय ७१ मत पाएकी छिन् ।