काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।
काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो ।
विराटनगर । पूर्वका उद्योगी व्यवसायीले संघीय सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत कतिपय क्षेत्रमा गरिएका अन्तःशुल्क वृद्धिका कारण औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै संशोधनको माग गरेका छन् ।
काठमाडौं । नेपालले स्वीजरल्याण्ड सरकारबाट ८६ करोड १३ लाख रुपैयाँ (६८ लाख स्वीस फ्रान्स) सहयोग पाएको छ। स्वीजरल्याण्ड सरकारले प्रदेश नम्बर १ र मधेस प्रदेशको २० वटा स्थानीय तहमा खर्च गर्ने सम्झौतास्वरुप सो रकम बराबरको सहयोग गरेको हो। साउनदेखि चार वर्षसम्म परियोजना कार्यान्वयन हुने भएको छ।
काठमाडौं । असार २ गतेदेखि राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ ।
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेलले इम्बोस्ड नम्बर, एमआरपी छपाइ, सुरक्षण मुद्रणलगातका विषयमा आफूलाई अनावश्यक रूपमा मुछिएको बताएका छन् ।
काठमाडौं । विद्युतीय माध्यमवाट बीजक (ई–बिलिङ) जारी गर्ने बिषयमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेटगरी सम्वद्ध बिषयमा आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्वीजरल्याण्डको जेनेभामा संचालन भईरहेको अन्र्तराष्ट्रिय श्रम सम्मेलनको ११० औ अधिवेशनलाई नेपालको रोजगारदाताकोतर्फबाट आज संवोधन गरेका छन् । सम्मेलन जेठ १३ गतेदेखि शुरु भएको हो ।