काठमाडौं । अनलाईन ई लर्निङ प्लेटफर्म भूरिलो नेपालले एसइइ दिएर बसेका विधार्थीलाई केन्द्रित गरी भर्चुअल माध्यमबाट आयोजना गरेको २ महिने ब्रिजकोर्स कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा अब एन्ड्रोइडमा उपलब्ध भएको छ र चाँडै आइओएसमा पनि लन्च हुने कम्पनीले बताएको छ ।
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २६ पैसा कायम भएको छ ।
काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।
काठमाडौं । सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको े ‘मेकानिक्स मिट’ शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ ।
काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् ।