काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २९ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो ।
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज पनि विरोधका कार्यक्रम आयोजना गरिएको छ । विरोधमा उत्रिएका ३ विद्यार्थी संगठनहरुले आज बुधबार राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा व्ययवसाय विस्तारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन ४४ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ५० प्रतिशतले बढाएको छ।