काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइचो लागेको छ । सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो ।
काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तफृबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उदोगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
काठमाडौँ । आगामी महिनामा क्रिकेट प्रेमीले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्विज, क्रिकेट भाइब्स च्यानल टेकओभर, विशेष क्रिकेट टक्स एपिसोड, र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची अपेक्षा गर्न सक्ने छन् ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रोत्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।
कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ ।
काठमाडौं । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । भदौ २६ गते, सुन शुक्रबारकै भाउमा कारोबार हुँदैछ । आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम रहेको छ ।