काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन् । जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन् ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना ३० भदौदेखि लागू भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । सनराइज बैकको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
काठमाडौं । सरकारले असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौं । अविरल वर्षासँगै अछाममा अचानक आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । शुक्रबार राती जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर शनिबार साँझसम्ममा २२ जनाले ज्यान गुमाएका हुन् ।
काठमाडौं । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ। गृह मन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो।
काठमाडौँ । नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्न को लागि सञ्चालक समितिबाट हतारोमा सैद्धान्तिक सहमति दिएको प्रति हाम्रो गम्भीर ध्या
काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।
काठमाडौंं । एनआईसी एशिया बैंकले दशैं–तिहारलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना ल्याइएको बैंकले जनाएको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।