काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो ।
सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य उर्जा मन्त्री पम्फा भुषालले स्विच अन गरी उद्घाटन गरेकी छिन ।
काठमाडौं । सवोच्च अदालतले नेपाल पत्रकार महासंघका भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदाबाट हटाउने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ । शाखाको अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा यथावत काम गर्न दिन परमादेश जारी गरी गरेको छ ।
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार (असोज २८ गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आज शुक्रबार असोज २८ गतेदेखि आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले आज कार्यालय समयदेखि कम्पनीको आइपीओमा अवेदन दिन सक्नेछन् ।
काठमाडौं । रमाइलो गेम, आकर्षक पुरस्कारहरू र अन्य धेरै कुराहरूले भरिएको नयाँ क्रिकेट सुपरबटका साथ क्रिकेट फ्यानहरूमाझ एक महिने लामो क्रिकेट उत्सव ल्याउँदै, राकुटेन भाइबरले लगातार दोस्रो वर्ष पनि आफ्नो विश्वकप क्रिकेट क्याम्पेन सार्वजनिक गरेको छ ।
काठमाडौं । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ । हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो ।