काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्समा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ ।
काठमाडौं । प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो त्रैमासमा हाइड्रोपावरले २३ करोड २४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । दराज सेल ११ः११ मा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्वर देखि १९ नोभेम्वरसम्म दराजमा चल्ने ११ः११ सेल स्कीममा लागु हुनेछ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड २१ लाख सामूहिक लगानी कोष इकाईको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को सूचीकरण गर्ने सम्झौता भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ वटा निर्जीवन बीमा कम्पनीले १० अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण अनुसार चालु आवको असोजमसान्तसम्म कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे ई–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर रहेको कम्पनीले जनाएको छ ।