विराटनगर । उद्योग व्यवसायले दक्ष जनशक्तिका कारण भोग्दै आएका समस्या समाधान गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकावीच पुस्तक सार्वजनिक गरिएको हो ।
काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण गरेको छ । बुधबारकाठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समिक्षा प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन मातहातका समितिलाई निर्देश गरेको छ ।
काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा उच्च बृद्धि भईरहेको तथा समग्र मागमा उच्च कमी आईरहको समयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट नभन्न विज्ञ तथा सरोकारवालालाई आग्रह गरेका हुन् ।