काठमाडौं । फिफा विश्वकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरुमध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा विश्वकप हेर्ने अवसर प्रदान गरेको छ।
काठमाडौं । गत असोजमै सम्पन्न नाडा ईभि अटोसोमा नेपाल ल्याउने तयारी भएको लोकप्रिय वुलिङ मिनि दुई महिना ढिलो गरी नेपाली बजारमा भित्रिएको छ । वुलिङ मिनि ईलेक्ट्रिक गाडीको आधिकारीक वितरक बज्र समुहले यो गाडी ल्याएको हो ।
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै मोरक्को विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोही अनुसार राज्यल
काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।
काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् ।
काठमाडौं । मंसिर २३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।