काठमाडौं । निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।